कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनि रजिस्टारको कार्यालय त्रिपुरेश्वरमा दर्ता नं. १६४७२६/०७३/०७४ तथा आन्तरीक राजश्व कार्यालय कर दाता सेवा केन्द्र न्यूरोडमा स्थाई लेखा नं. ६०५९८८१८५ बमोजीम दर्ता भएको आदर मल्टि ईन्भेष्टमेन्ट कम्पनि लिमिटेड सम्भवत एसिया महादेशकै पहिलो End User Based Crowd Funded Project हो । महाबौद्ध क्षेत्रमा बसेर बिशेष गरी चिनिया सामानको थोक व्यापार गर्ने ५२२ जना ब्यापारीको समान लगानीमा यो कम्पनी स्थापना भएको हो ।
महाबौद्ध क्षेत्रमा यातायात, गोदाम, पार्किङ्ग, सामान ढुवानी, खुल्ला ठाउँ तथा सुरक्षा जस्ता थोक व्यापार का लागि आवश्यक न्युनतम सुविधाहरुको उपलब्धता कम हुँदै गएको तथा घर भाडा र सामान ओसार पसार मा दिन प्रतिदिन समस्या थपिन थालेकाले बिकल्पहरुको खोजी हुन थालेको थियो । त्यही क्रममा २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पले बिकल्पको खोजीलाई अपरिहार्य आवस्यकतामा परिवर्तन गरिदियो । महाभुकम्प पछि बिकल्पको खो...
पुरा पढ्नुहोसआदर ट्रेड मल का.म.न.पा १४ बल्खुमा ३६ रोपनी जग्गामा बन्न लागेको नेपालकै पहिलो यस किसिमको मल हो। ५२२ जना समान लगानीकर्ताको लगानीमा बनेको यस मल अत्याधुनिक प्रबिधि र व्यवसथापनले युक्त छ। ३ तल्ला र ३ भुमिगत तल्ला सहितको ठुलो एरियामा बनाइने यस मलको काम तीव्र गतिमा अगाडि बढी रहेको छ। पहिलो तल्ला, दोस्रो तल्ला र तेस्रो तल्लामा पसलहरु हुनेछन। भुमीगत पहिलो तल्लामा पनि पसल हुनेछन। भुमिगत दोस्रो तल्लामा सानो गाडीको पार्किङ र भुमिगत तेस्रो तल्लामा ठुलो गाडीको पार्किङ हुने छ। मलको नक्शा वेबसाइटमा राखिएको छ।
आदर ट्रेड मल ५२२ लगानीकर्ताले ८५० करोड लागानी गरेर सुरुवात गरीएको छ।
यस मलका सबै तलाको पसलहरु एरियाको आधारमा विभिन्न व्यकतिलाइ विभिन्न मुल्यमा हस्तानतरण गरिने छ। बुकिङको काम सुरु भइसकेको छ र बुकिङ फारम वेबसाइटबाट पनि भर्न सकिन्छ।
करीब ३६ रोपनी जग्गामा निर्माण हुने यस आदर ट्रेड मल व्यापारीहरुले लामो समय देखि न्यु रोड, महाबौद जस्ता ठाउमा भोग्दै गरेका समस्याको समाधान निश्चित छ। आदर ट्रेड मलको सफलताको लाग्नु भएको टिमको लागि धेरै आभारी छु।
© 2024 प्रतिलिपि अधिकार आदर मल्टिइन्भेष्टमेन्ट कम्पनी लिमिटेड