+९७७-१-४२४४३६७
पशुपति प्लाजा,काठमाडौ

अध्यक्षको सन्देश

गृहपृष्ठ / अध्यक्षको सन्देश

अध्यक्षको सन्देश


मेरो निष्ठा आदरका लागि समर्पित छ ।महाबौद्ध क्षेत्रका व्यापारीहरुसँगको मित्रता NBTC / KTC प्रोजेक्टका कारण भएको थियो । हामी हाम्रो प्रोजेक्टमा व्यस्त रहेकै बेला हाम्रो नजिकैको जग्गामा हाम्रो चासो थियो । तर दुईवटा प्रोजेक्ट निर्माण चरणमै रहेको अवस्थामा तेश्रो प्रोजेक्टका बारेमा सोच्न समय र आर्थिक व्यवस्थापनका लागि उपयुक्त लागेन । तै पनि हामी उक्त जग्गाको सम्भावना प्रति लोभिएका थियौं ।

एक दिन अचानक हाम्रो प्रोजेक्टका शेयरधनी योगकृष्ण श्रेष्ठजीले शेख ईमाम हसन र दिपेन्द्र घिमिरेलाई, म र राजेश कृष्णसिंह श्रेष्ठ सँग भेटाउनु भयो । उहाँहरुले सामुहिक लगानीका लागि ठुलो जमात एकिकृत मात्र नगरी गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसँग जग्गाको मुल्य निर्धारण समेत गरि सक्नु भएको रहेछ ।

ईमामजी र दिपेन्द्रजी सँगको बिस मिनेटको भेटमै हामीले यसको भविष्यमा हाम्रो अनुभव र उपस्थीतिले अर्थ राख्ने देख्यौं । हामीले उहाँहरुको सहकार्यलाई तत्काल स्वीकार गर्यौ । NBTC / KTC को हाम्रो अनुभव भन्दा यो बिलकुल फरक योजना थियो । हाम्रो प्रोजेक्टमा सबै लगानी कर्ता उपभोक्ता थिएनन् तर यसमा सबै लगानी कर्ता उपभोक्ता त थिए नै लगानी पनि बराबर थियो । हामी जोडियौं । डा. उपेन्द्र महतोसँग भेट्यौं । हामीले आदरका लागनी कर्ताहरुको भेला पनि गर्यौ । ईमामजी र दिपेन्द्रजी लगायत साथीहरुको व्यवस्थापन कौशल र मिहिनेत देखका हामीले उहाँहरुसँगै हातेमालो गरेर आज प्रोजेक्टलाई निर्माणको चरणमा प्रवेश गराएका छौं।

आदर मल्टि ईन्भेष्टमेन्ट कम्पनि लिमिटेड मार्फत जुन खालको काम भएको छ त्यौ साच्चै गर्व लाएक काम भैरहेको छ। ५२२ जना हामी समान लगानीकर्ता छौं । यस्तो लाग्छ ५२२ जनाले पुरै नेपालको नेतृत्व गरेर एसिय महादेशकै नमुना प्रोजेक्टमा सहभागिता जनाउनु भएको छ । हामी पारदर्शिता, ईमान्दारीता र मिहेनतको सम्मीश्रणको प्रतिरुप आदर ट्रेड मल होस् भन्ने सोचका साथ अघि बढेका छौं । पाईला पाईलामा आईलाग्ने चुनौति यहि कारण कहिले गाढा कहिले फिका भैरहे पनि ईतिहास निर्माणको जिम्मेवारीमा अध्यक्षताको यो अवसर म निष्ठा पुर्वक निभाउदै छु ।

 

नरेन्द्र बज्राचार्य
अध्यक्ष