+९७७-१-४२४४३६७
पशुपति प्लाजा,काठमाडौ

प्रमुख कार्यकारी अधिकृतको सन्देश

गृहपृष्ठ / प्रमुख कार्यकारी अधिकृतको सन्देश

प्रमुख कार्यकारी अधिकृतको सन्देश


चिनिया सामानको थोक व्यापार केन्द्रमा पार्किङ्ग, ढुवानी, गोदाम, सुरक्षा तथा भाडाको समस्या दिनदिनै बढ्न थालेपछि थोक व्यापारीहरुले व्यक्तिगत, सामुहिक र संस्थागत रुपमा उपयुक्त बिकल्पको खोजि गरेको कुरा मेरो जानकारीमा आउन थाल्यो । दशौं बर्ष सम्म गरिएको प्रयास बिभिन्न बहानामा सफल हुन सकेको थिएन । असफलताकै बिचमा पनि प्रयास जारी थियो । बिश्वासको कमिका कारण प्रयासहरु असफल भैरहे । कतिपय अगुवाहरु हार खाएर पाखा लागे । कतिले बैंक, उद्योग तथा जलबिद्युतमा लगानी गर्न थाले ।

महाबौद्ध क्षेत्रको व्यापारलाई ब्यवस्थीत थलोमा सार्न गरिएका हरेक असफल प्रयासका बारेमा जति सक्दो धेरै जानकारी लिन थालें । त्यसमा बिश्वासको कमि त थियो नै पारदर्शिता र लगानी योजनामा प्रष्टता पनि थिएन । म आफ्नो पहुचमा भएका ब्यापारीहरुसँग निरन्तर छलफमा लागिरहें । मेरा पनि दशौं बर्षठोस प्रगती बिनै बिते ।

२०६८ सालमा म आफै स्पोर्ट जुत्ताको साझेदारी व्यापारमा लागें । पसल थिएन । गोदाम बाट सामान बेच्नु पर्ने भए पछि मसँग फुर्सद धेरै हुन थाल्यो । फुर्सदको सोचमै बित्न थाल्यो । ३०० जना पसलेलाई एकजुट पार्न सके मेरो योजना सफल हुने हिसाब निस्कीयो । लगानीलाई ससानो ईकाइमा बाढ्ने र पसलेलाई नै शेयरधनि बनाउने योजनालेपसल बिक्रि हुने मात्र नभै भवन असफलताको खतरा पनि नहुने पक्का थियो ।

हामीले गोदामबाट गरेको ब्यापार पसलमा पुग्यो । त्यहाँ मेरो भेट शेख इमाम हसन सँग भयो । मैले योजना लिएर हिंडेको १० बर्ष पछि कसैले मेरो कुरामा चासो दियो । उहाँसँगको कुराकानी पछि मेरो योजना, सोच र मिहिनतले बाटो समात्यो ।

इमाम दाईसँगको भेटपछि मबाट हामी भएका थियौ ।हामीले ३०० जनालाई आवद्ध गर्ने योजना बनायौं । तर ठुलो कम्पनि दर्ता गर्दा कर तथा प्रशासनिक दाईत्व धेरै हुने देखियो ।हामीले सहकारी मार्फत अगाडी बढ्ने योजना बनायौं । नयाँ सहकारी दर्ता बन्द थियो । पुरानो सहकारी खोज्दै जाँदा आदर बचत तथा ऋण सहकारी संस्था लिमिटेड फेला पर्यो । न्यूरोडको एक रेष्टुरामा १६ जना भेला भएर सहकार्यका लागि सहकारी भन्ने योजना तयार गर्यौ ।

केही औपचारीक कार्यक्रम पछि हामीले चाहेको संख्या पुग्यो । हामीले गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको कम्पनी तथा उहाँका परिवारका सदस्यको नाममा रहेको का.म.पा १४, बल्खुको जग्गा खरिद गरि भवन निर्माणको चरणम प्रवेश गरेका छौं ।

अन्तिम उपभोक्ताको लगानीमा स्थापित संभवत एसियाको पहिलो योजना हाम्रो जस्तो देशमा विकाश र सबृद्धिमा कोशेढुगा हुने छ । यो योजनाको सफलता सँगै हरेक नागरिकलाई सामुहिकता प्रति विश्वास जाग्नेछ भन्ने बिश्वास हामीले लिएका छौं ।

 

दिपेन्द्र घिमिरे
प्रमुख कार्यकारी अधिकृत